Saturday, 7 January 2017

रोबोटले खायो मानिसको जागिर, जापानी कम्पनीले मानिसलाई हटाएर राख्यो रोबोट कर्मचारी

रोबोटले खायो मानिसको जागिर, जापानी कम्पनीले मानिसलाई हटाएर राख्यो रोबोट कर्मचारी
http://kgnworld143786.blogspot.com/
रोबोटले खायो मानिसको जागिर, जापानी कम्पनीले मानिसलाई हटाएर राख्यो रोबोट कर्मचारी
http://kgnworld143786.blogspot.com/

 नमस्कार
प्रविधिले मानिसको रोजगारी संकटमा पार्दै गएको र यसले समग्रमा मानव सभ्यतामाथि नै प्रश्न चिन्ह उठाउन थालेको विषयमा बहस हुने गरेको छ । खासगरी अत्याधुनिक रोबोटहरुले मानव श्रमलाई विस्थापित गर्ने र मानिसहरुको रोजगारी खोस्ने चिन्ता भैरहेका बेला जापानमा यो चिन्ता सत्य सावित भएको छ । जापानको एक कम्पनीमा रोबोटले मानिसको जागिर खोसिदिएको छ ।
जापानको एक विमा कम्पनी फुकोकु म्युचुअल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना मानव कर्मचारीलाई हटाएर आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली अर्थात् रोबोटलाई काममा लगाउन सुरु गरेको छ ।

यस क्रममा उक्त कम्पनीका ३० जनाभन्दा धेरै कर्मचारीले जागिर गुमाउनेछन् र त्यसको ठाउँमा रोबोटले काम पाउनेछन् 
तर घट्दो श्रमशक्तिको मार खेपिरहेको जापानका लागि भने रोबोट कर्मचारी वरदान सावित हुनेछ । श्रमक्षेत्रमा बढि भन्दा बढि रोबोटको प्रवेश गराउन सकिएमा त्यसले देशको घट्दो तथा बुढो बन्दै गएको जनसंख्याले सिर्जना गरेको समस्याको सम्बोधन गर्न सहयोग पुग्नेछ ।
रोबोट कर्मचारी भर्ना सुरु गरेको विमा कम्पनीले रोबोट कर्मचारीको भर्नाले दुई वर्षपछि प्रतिफल दिन सुरु गर्ने आशा गरेको छ 
उक्त विमा कम्पनीमा भर्ना गरिने रोबोट कर्मचारीहरुले कति जना विमितहरुलाई विमा बापत कति रकम दिनुपर्नेछ भन्ने हिसाबकिताब गर्नेछन् । यी रोबोटहरु आइबिएमको वाट्सन एक्प्लोरर प्रविधिमा आधारित छन् । यो प्रविधिमा आधारित रोबोटले मानिसजस्तै सोँच्न र सिक्न सक्दछ 
रोबोटहरुले विमितहरुले विमा दाबी गरी पेश गरेका मेडिकल प्रमाणपत्र, अस्पताल बसेका कागजात लगायतका कागजातहरुको अध्ययन गर्न सक्दछन् र विमितहरुलाई कति रकम विमा बापत दिनुपर्दछ भन्ने हिसाबकिताब गर्नसक्ने जापानी संचारमाध्यमहरुले जनाएका छन् 

यद्यपि प्रारम्भमा यी रोबोटहरुले गरेका हिसाबकिताको अन्तिम परीक्षण भने मानिस कर्मचारीहरुले नै गरी प्रमाणित गर्नेछन् । तर प्रारम्भिक हिसाबकिताबमा समय र श्रमको बचत गर्न रोबोटहरुले ठूलो सहयोग गर्नेछन् । जसका कारण वाषिर्क १४ करोड जापानी येन बचत हुने दाबी गरिएको छ । जबकी यी रोबोटको कुल खर्च वाषिर्क १ करोड ४० लाख येन हुनेछ । एजेन्सी
visit our web http://kgnworld143786.blogspot.com/

यथास्थितिमा संशोधनलाई समर्थन गर्न सक्दैनौंः गच्छदारhttp://kgnworld143786.blogspot.com/

यथास्थितिमा संशोधनलाई समर्थन गर्न सक्दैनौं गच्छदारhttp://kgnworld143786.blogspot.com/

यथास्थितिमा संशोधनलाई समर्थन गर्न सक्दैनौंः गच्छदारhttp://kgnworld143786.blogspot.com/



२३ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा आफ्नो दलले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् । साथै सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिर्माजन नगरी समस्या समाधान नहुने दाबी समेत गरे

रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै गच्छदारले ७ प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने जिकिर गरे । ८ प्रदेशको सहमति तोडिएकाले नै अहिलेको अवस्था आएको दाबी गर्दै उनले भने, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर निकै विवादित जिल्ला रहँदै आएका छन्, तर यो संशोधन प्रस्तावले यसको कुरा गरेको छैन, त्यसैले यथास्थितिमा हामीले समर्थन गर्दैनौं ’

यो विधेयकमा थारुहरुप्रति ठूलो धोका भएको भन्दै उनले पूर्वको एउटा प्रदेश बनाउनु पर्ने र कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने माग अघि सारेका छन् 

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने उनले बताए 

आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा लागेको पार्टी नभएको जिकिर गर्दै उनले भने, ‘मैले मुलुकको निकासको लागि जहिलेपनि मध्यमार्गी भूमिका निर्वाह गरेको छु, चाहे त्यो संविधान जारी गर्नको लागि होस् चाहे अरु बेला नै किन नहोस्, अहिलेपनि म सहमति र निकासका लागि दलहरुसँग छलफलमा छु ’

प्रमुख दलहरुवीच सहमति, सहयकार्य र एकताको अहिलेपनि उतिकै खाँचो रहेको उनले बताए

Friday, 6 January 2017

युवराजको पुनरागमन, कप्तानको जिम्मा कोहलीलाई

युवराजको पुनरागमन, कप्तानको जिम्मा कोहलीलाईhttp://kgnworld143786.blogspot.com/
युवराजको पुनरागमन, कप्तानको जिम्मा कोहलीलाईhttp://kgnworld143786.blogspot.com/


२२ पुस, काठमाडौं । युवराज सिंहले भारतको एकदिवसीय र टी-२० टिममा पुनरागमन गरेका छन् । साथै कप्तानको जिम्मेवारी भने विराट कोहलीलाई दिइएको छ ।
इंग्ल्याण्डविरुद्धको श्रृखलाको पूर्व संध्यामा महेन्द्र सिंह धोनीले कप्तानबाट राजीनामा दिएका थिए । अब तीनै फम्र्याटको भारतीय टोलीको कप्तान विराट बने ।
एकदिवसीय र टी-२० दुबै टिममा धोनी पनि छन् । तर, टी-२० मा विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि परेका छन् । रणजी ट्रफीमा तेहोरो शतक बनाएका १९ वर्षका पन्त पहिलो पटक भारतको राष्ट्रिय टोलीमा परेका हुन् 
visit our website http://kgnworld143786.blogspot.com/

लक्ष्मी परियारका छोरालाई अष्ट्रेलिया बस्ने विद्यार्थीले दिए एक लाख

लक्ष्मी परियारका छोरालाई अष्ट्रेलिया बस्ने विद्यार्थीले दिए एक लाखhttp://kgnworld143786.blogspot.com/

लक्ष्मी परियारका छोरालाई अष्ट्रेलिया बस्ने विद्यार्थीले दिए एक लाखhttp://kgnworld143786.blogspot.com/


६ जनवरी, सिड्नी । बोक्सीको आरोपमा अमानवीय ढंगबाट हत्या गरिएकी काभ्रेकी लक्ष्मी परियारका छोराहरुलाई अष्ट्रेलियाबासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् 



शुक्रबार मध्यान्ह राष्ट्रिय दलित आयोगको कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रवासमा संकलित एक लाख ११ हजार एक सय ११ रुपैयाँ लक्ष्मी परियारका छोराहरुलाई बुझाइएको हो । अष्ट्रेलियाको उत्तर सिड्नीस्थित हन्स वेमा आफ्ना बाबुआमासँग बसिरहेका १४ वर्षीय सुवाष परियारले राष्ट्रिय दलित आयोगको कार्यकक्षमा उक्त रकम लक्ष्मी परियारका छोराहरुलाई हस्तान्तरण गरेका हुन् 


काभ्रेमा त्यस्तो अमानवीय घटना भएको आम सञ्चार माध्यमहरुमा आएपछि निकै मर्माहत भएकी सुवाष परियारकी आमा रिता परियारले केही रकम पठाउने सोचाइ बनाएकी थिइन् । उनले आफ्ना साथीहरुलाई पनि आफ्नो योजनाबारे जानकारी गराइन् । फेसबुक ग्रुपबाट समन्वय गर्न सुवाषले सघाए 


यसबाट जम्मा भएको रकम हाल स्कुल विदामा नेपाल गएका बेला सुवाषले हस्तान्तरण गरेका हुन्.



यहाँको कुरिङगार्ड क्रियटिभ आर्ट स्कुलमा वबिन हेड रोडमा हालै कक्षा आठ पास गरेका सुवाषको चित्रकला र नृत्यमा विशेष रुचि छ । गोर्खा जौबारीमा घर र मनकामना मावली भएका सुवास लक्ष्मी परियारको हत्याको खबर र छोराहरुको अवस्था देखेर निकै दुःखी भएका छन् 


काठमाडौंबाट उनले शुक्रबार आफ्नी आमा रितालाई टेलिफोनमा भने, ‘आमा यहाँ निकै दुःख रहेछ । म फर्किएपछि यी भाइहरु (लक्ष्मी परियारका छोराहरू)का लागि मेरो स्कुलका साथीहरुसँग पनि सहयोग जुटाउँछु र पठाउँछु 


उनी स्कुलमा प्रथम हुने भएकाले शिक्षक र विद्यार्थीहरुबाट सहयोग जुट्नेमा आशावादी छन् 



उनका बुवा मित्र परियारले हालै मक्वारी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्.



काठमाडौंमा एमालेको शक्ति प्रदर्शन, हेर्नुस् १५ तस्वीर

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन, हेर्नुस् १५ तस्वीरhttp://kgnworld143786.blogspot.com/

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन, हेर्नुस् १५ तस्वीरhttp://kgnworld143786.blogspot.com/



२२ पुस, काठमाडौं । नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोध गर्दै ९ दलले प्रदर्शनसहित सभा गरेका हुन् ।

प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुले संशोधन विधेयक देशको हितमा नभएको भन्दै कुनै हालतमा पारित हुन नदिने बताए ।
2)

एमालेले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेको थियो । कार्यक्रम सञ्चालक एमाले सचिव प्रदीप ज्ञवालीले पनि काठमाडौंमा भएको अहिलेसम्मको ठूलो प्रदर्शन भनेका छन् ।
राष्ट्रिय सभागृह अगाडि सडकमै मञ्च बनाइएको थियो भने सहभागीहरुलाई पद्मोदय मोडतर्फ सडकमा राखिएको थियो ।
सहभागीहरु भृकुटीमण्डपतिर पनि बसेका थिए । तर, एमालेले दाबी गरेजस्तो डेढ लाख मानिस भने सहभागी भएको देखिएन ।
3)

मञ्च नजिकै सहभागीहरु छपक्कै सडक ढाकेर बसेका थिए भने भृकुटीमण्डपतर्फ पनि मञ्च नजिक पर्नेगरी तारजालीबाटै कार्यक्रमलाई हेरिरहेका थिए । तर, सडकतर्फ भने आरआर क्याम्पस अगाडि नपुग्दै सहभागीहरु पातलो मात्रामा हिँडिरहेका देखिए ।
4)



विरोधसभा अघि एमालेले राजधानीका विभिन्न स्थानबाट विरोध र्‍याली निकालेको थियो । नेपाल मजदुर किसान पार्टी र जनमोर्चा लगायतका केही पार्टीले पनि जुलुस निकालेका थिए । तर, अन्य एकसीटे साना दलका नेता भने एमालेकै नेताहरुसँग मिलेर जुलुसमा निस्किएका थिए ।

5)

6)

7)

8)

9)

10)

11)

12)

13)

14)











Thursday, 5 January 2017

गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन मा

गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन मा
http://kgnworld143786.blogspot.com/
गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन माhttp://kgnworld143786.blogspot.com/

२१ पुस, चितवन । विश्वमै दुर्लभ एकसिंगे गैंडाबारे अध्ययन र अवलोकन गर्न बुधबार काठमाडौं आएको चिनियाँ उपमन्त्रीसहितको ५ सदस्यीय टोली चितवन पुगेको छ ।

चीनका स्टेट फरेष्ट्री एडमिनिस्ट्रेसनका उपमन्त्री चेन फुंगेसुइसहित स्टेट फरेष्टीका डाइरेक्ट, उपडाइरेक्टरलगायतलाई लिएर राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई र वन मन्त्रालयका उपसचिव धनञ्जय लामिछाने चितवनमा आएका हुन् । उनीहरुले आजै निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जको अवलोकनपछि चिनियाँ उपमन्त्री चेन फुंगेसुइले संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले पाएको सफलतालाई विश्वले अनुकरण गर्नुपर्ने बताए ।

निकुञ्ज घुम्न तथा चीन लैजाने भनिएको जोडी गैंडाको बारेमा बुझ्न आएका उपमन्त्री चेनले निकुञ्जको बाघ गैंडा संरक्षणसँगै शुन्य चोरी-शिकार बर्ष मनाउन सक्नु नै फरक अनुभव भएको बताए ।

उपमन्त्री सुईले अफ्रिकामा दैनिक जसो दुर्लभ गैंडा मारिएको अवस्थामा नेपालमा भने स्थानीय उपभोक्ता, निकुञ्ज र सेनाको पहलमा भएको संरक्षणबाट प्राप्त उपलब्धीको प्रशंसा पनि गरे ।


उनले चीनमा गैंडा लोप भएपछि फेरि त्यहाँ एक सिङ्गे गैंडा लगेर संरक्षण गर्ने र गैंडा बढेपनि नेपालको उपहार नेपाललाई फिर्ता गर्ने बताए ।

बुधबार साँझ चितवनमा आएका मन्त्रीले पर्यटकीय नगरी सौराहाबाट हात्ती सफारी, डुँगा सफारी पछि निकुञ्जको मुख्यालयमा पुगेर निकुञ्जका उपलब्धीबारे प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजगं गणका गणपति माधव थापासँग जानकारी लिएका थिए ।

गएको असारको तेश्रो साता केपी ओली नेतृत्व सरकारले चीनलाई एक जोडी गैंडा उपहार दिने घोषणा गरेको थियो । गैंडाको वासस्थान, आहार, बिचरण र आनीवानीबारे बुझ्न चिनियाँ टोली नेपाल आएको हो ।

नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेकोमा चितवनमा मात्रै ६ सयबढी छन् ।

२०७३ पुष २१ गते १२:४३ मा प्रकाशित
http://kgnworld143786.blogspot.com/

Friday, 30 December 2016

how to remove tag photos on facebook फेसबुक मा साथीहरुले गरेको ट्याग फोटोस रिमुभ कसरि गर्ने




फेसबुक मा साथीहरुले फोटो ट्याग गरेर हैरान हुनुहुन्छ भने माथि को भिडियो हेर्नुहोस तेयो भिडेयो हेरेर तपाइलाइ था हुनेछ साथीले
ट्याग गरेको फोटो को नाटिफिकेसन कसरि ओफ गर्ने अथवा तेयो फोटो को ट्याग रिमोभ कसरि गर्ने 
भिडियो हेरेर हाम्रो
channel subscribe गर्नुहोस
video like/share गर्नुहोस