काठमाडौंमा एमालेको शक्ति प्रदर्शन, हेर्नुस् १५ तस्वीरhttp://kgnworld143786.blogspot.com/
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन, हेर्नुस् १५ तस्वीरhttp://kgnworld143786.blogspot.com/
२२ पुस, काठमाडौं । नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोध गर्दै ९ दलले प्रदर्शनसहित सभा गरेका हुन् ।
प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुले संशोधन विधेयक देशको हितमा नभएको भन्दै कुनै हालतमा पारित हुन नदिने बताए ।
2)
एमालेले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेको थियो । कार्यक्रम सञ्चालक एमाले सचिव प्रदीप ज्ञवालीले पनि काठमाडौंमा भएको अहिलेसम्मको ठूलो प्रदर्शन भनेका छन् ।
राष्ट्रिय सभागृह अगाडि सडकमै मञ्च बनाइएको थियो भने सहभागीहरुलाई पद्मोदय मोडतर्फ सडकमा राखिएको थियो ।
सहभागीहरु भृकुटीमण्डपतिर पनि बसेका थिए । तर, एमालेले दाबी गरेजस्तो डेढ लाख मानिस भने सहभागी भएको देखिएन ।
3)
मञ्च नजिकै सहभागीहरु छपक्कै सडक ढाकेर बसेका थिए भने भृकुटीमण्डपतर्फ पनि मञ्च नजिक पर्नेगरी तारजालीबाटै कार्यक्रमलाई हेरिरहेका थिए । तर, सडकतर्फ भने आरआर क्याम्पस अगाडि नपुग्दै सहभागीहरु पातलो मात्रामा हिँडिरहेका देखिए ।
4)
विरोधसभा अघि एमालेले राजधानीका विभिन्न स्थानबाट विरोध र्याली निकालेको थियो । नेपाल मजदुर किसान पार्टी र जनमोर्चा लगायतका केही पार्टीले पनि जुलुस निकालेका थिए । तर, अन्य एकसीटे साना दलका नेता भने एमालेकै नेताहरुसँग मिलेर जुलुसमा निस्किएका थिए ।
5)
6)
7)
8)
9)
10)
11)
12)
13)
14)














No comments:
Post a Comment